|

इलाम : इलाम क्षेत्र नं. १ मा झलनाथ खनालविरुद्ध नेकपा एमालेका महेश बस्नेतले मतान्तर बढाउँदै लगेका छन्। 

पछिल्लो परिणाम अनुसार बस्नेतले ५४८ मतले अग्रता लिएका हुन्। १० हजार १४२ मतगणना हुँदा बस्नेतले चार हजार ३४६ मत पाएका छन्। खनालले ३ हजार ७८८ मत पाएका छन्।  

यस्तै मंगोल नेसनल अर्गनाइजेसनका बुद्धलाल मेचेले ४५२, राष्ट्रिय प्रजातन्त्र पार्टीका तोयानाथ सापकोटाले ३५०, जनता समाजवादीका कमलकुमार राईले २७३ मत पाएका छन्। स्वतन्त्र उम्मेदवार विक्रम पाण्डेले १७४ पाएका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.