|

बझाङ : बझाङ जिल्लाको दुर्गम साइपाल गाउँपालिकाका मतपेटिका हेलिकप्टर मार्फत सदरमुकाम चैनपुर ल्याइएको छ। 

यातायात संजाल नजोडिएको साइपाल गाउँपालिकाका केहि वडाका मतपेटिका सोमबार पैदल सदरमुकाम चैनपुर पुगे पनि धुली र काँडाका मतपेटिका आज नेपाली सेनाको हेलिकप्टर मार्फत ल्याइएको हो। 

अहिले सर्वदलिय बैठक बसेको र अबको केहि बेरमा मतगणना सुरु हुने मुख्य निर्वाचन अधिकृत नन्दकिशोर प्रसाद यादवले बताए।  मतगणना जिल्ला अदालत तथा मुख्य निर्वाचन अधिकृतको कार्यालयमा हुने भएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.