|

धनकुटा : प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनमा  धनकुटामा नेकपा एमालेका उम्मेदवार राजेन्द्र राईले अग्रता लिएका छन्।  पछिल्लो मत परिणाम अनुसार नेकपा एमालेका उम्मेदवार राजेन्द्र राई निकटम प्रतिद्वन्दी सुनिल बहादुर थापा भन्दा १ हजार १ सय ३८ मतले  अग्रता लिएका हुन्।

राजेन्द्र राई ५ हजार ५ सय ११ मतका साथ अघि वढ्दा गठवन्धनको तर्फबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री सुनिल बहादुर थापाले ४ हजार ३ सय ७३ मतले पछ्याइरहेका छन्। 

त्यस्तै स्वतन्त्र उम्मेदवार हेमराज भण्डारी १ हजार ५ सय ४३ मतका साथ तेस्रो स्थानमा छन्। 
जिल्लाको कुल ६० वडा मध्ये ११ वडाको मत गणना भइसकेको छ। अहिले महालक्ष्मी नगरपालिका र चौविसे गाउँपालिकाको विभिन्न वडाको मत गणना भइरहेको छ। ९ वडा रहेको महालक्ष्मी नगरपालिकाको १ देखि ५ वडा सम्मको मत गणना भइसकेको छ। भने चौविसेको ८ वडा मध्ये १ देखि ६ वडाको मत गणना भइसकेको छ। 

त्यस्तै प्रदेश सभाको दुई निर्वाचन क्षेत्रमा पनि नेकपा एमालेका उम्मेदवार अगाडी छन्। प्रदेश सभा क मा नेकपा एमालेका निरनकुमार राई २ हजार ९ सय ८१ मतका साथ अग्रस्थानमा छन् भने उनलाई जनता समाजवादी पार्टीको तर्फबाट उम्मेदवार बनेका पूर्वमन्त्री रकम चेम्जोङले १ हजार ७ सय ९३ मतका साथ पछ्याइरहेका छन् । उनीहरु बीचको मतान्तर १ हजार १ सय ८८ छ। त्यस्तै गठवन्धनको तर्फबाट उम्मेदवार बनेका नेकपा एसका अर्जुन राईको १ हजार ९९ मत छ। 

प्रदेश सभा ख अन्तर्गत नेकपा एमालेका इन्द्रमणी पराजुली २ हजार ८ सय ८७ मतका साथ अग्रस्थानमा छन् भने उनलाई गठवन्धनको तर्फबाट उम्मेदवार बनेकी नेकपा माओवादी नेतृ कुसुमकुमारी श्रेष्ठले २ हजार ४६ मतले पछ्याइरहेकी छिन्। यी दुई बीचको मतान्तर ८ सय ४१ को छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.