|

धनगढी : कैलालीको एक निर्वाचन क्षेत्रमा नागरिक उन्मुक्तिका उम्मेदवार विजयी भएका छन्। जिल्लाको निर्वाचन क्षेत्र नम्बर ३ मा नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार गंगाराम चौधरी विजयी भएका हुन्

उनी २३ हजार १२० मतसहित विजयी भएको त्यहाँको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। यस्तै उनका निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका उम्मेदवार कृष्णकुमार चौधरी कुन्दनले १७ हजार ७४९ मत पाएका छन्।

त्यस्तै नेकपा एमालेका उम्मेदवार गौरीशंकर चौधरीले ९८७४ मत ल्याएका छन्। राप्रपाका उम्मेदवार वीरेन्द्र बमले ७०४७ मत ल्याएका छन्। उक्त निर्वाचन क्षेत्रमा एक लाख सात हजार ६५९ मतदाता रहेकोमा प्रतिनिधि सभा सदस्यका लागि ६३ हजार ७४० मत खसेको थियो। ४०२१ मत बदर भएको निर्वाचन कार्यालय कैलालीका प्रमुख प्रेम भट्टले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.