|

सर्लाही : सर्लाहीमा प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनको मतगणना भइरहेको छ। माओवादीले क्षेत्र नम्बर २ र ३ मा अग्रता लिएको छ।

क्षेत्र २ मा माओवादी केन्द्रका महेन्द्र राय यादवले १ हजार ८२५ मत प्राप्त गरी अग्रता लिएका छन्, भने लोसपाका राजेन्द्र महतोले १ हजार १३१ मत ल्याई उनलाई पछ्याइरहेका छन् त्यस्तै, नेकपा एमालेका राजनारायण साहले ९ सय १६ मत प्राप्त गरी तेस्रो स्थानमा छन्।

त्यस्तै, क्षेत्र ३ मा माओवादी केन्द्रका नरेन्द्र साहले ४ हजार ४६१ मत प्राप्त गरी अग्रता लिएका छन् भने नेकपा एमालेका हरि प्रसाद उप्रेतीले ३ हजार ३५७ मत प्राप्त गरी उनलाइ पछ्याइ रहेका छन्।

क्षेत्र–१ मा लोसपाका राम प्रकाश चौधरी ३ हजार ७०३ प्राप्त गरी अग्रता लिइरहेका छन् भने उनलाई स्वतन्त्रका मानबहादुर खड्काले ३ हजार ५६३ मत प्राप्त गरी पछ्याइरहेका छन्। जसपाका प्रमोद साह २ हजार ६३३ मत प्राप्त गरेका छन्।

क्षेत्र ४ मा पछिल्लो मत परिणामअनुसार स्वतन्त्रका अमरेश कुमार सिंहले २हजार २५८ नेपाली कांगेसका नागेन्द्र राय २ हजार २५३ र स्वतन्त्रकै मधुमाला यादवले १ हजार ६३२ मत प्राप्त गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.