काभ्रे : काभ्रे क्षेत्र नम्बर १ मा नेकपा माओवादी केन्द्रका उम्मेदवार सूर्यमान दोङले अग्रता लिएका छन्। उनी १९ सय ९१ मत ल्याएर अग्र स्थानमा आएका छन्।
उनका प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार रेशम लामाले १२ सय ८२ मत ल्याएर पछ्याइरहेका छन्।
दोङ र लामाबीचको मत अन्तर ७ सय ९ रहेको छ। त्यस्तै,काभ्रेको क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका उम्मेदवार शिवप्रसाद हुमागाईले ७ हजार ७५ मत ल्याएर अग्र स्थान कायम गरेका छन्।
एमालेका उम्मेदवार गोकुल बास्कोटाले ६ हजार ३ सय ९१ मत ल्याएर पछ्याउँदै छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका दिनेश हुमागाईले १४ सय ३१ मत ल्याएका छन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।