|

दैलेख : प्रतिनिधिसभा निर्वाचन क्षेत्र २ मा नेपाली कांग्रेसका दिक्पाल कुमार शाहीको अग्रता कायमै रहेको छ।

खसेको मतमध्ये २२ हजार २ सय ३० मत गणना हुँदा कांग्रेसका शाहीले १० हजार १ सय १४ मत प्राप्त गरेका छन्। 

दैलेख २ मा एमालेका लक्ष्मीप्रसाद पोखरेलले ८ हजार ८ सय ७ मत प्राप्त गर्दै कांग्रेसका शाहीलाई पछ्याइरहेका छन्। शाही र पोखरेलको मतान्तर १ हजार ३ सय ७ रहेको छ। 

तेस्रो स्थानमा रहेको मजदुर किसान पार्टीका केशेन्द्र प्रकाश कार्कीले १ हजार ३ सय ४२ मत प्राप्त गरेका छन्। 

यस्तै, दैलेख २ अन्तर्गत प्रदेशसभा (क) मा नेपाली कांग्रेसका घनश्याम भण्डारीले सुरुवाती अग्रता लिएका छन्। प्रदेश सभाको १ हजार ६ सय ९० मत गणना हुँदा कांग्रेसका भण्डारीले ८ सय ५३ मत प्राप्त गरेका छन्। 

नेकपा एमालेका तिलक प्रसाद रिजालले ५ सय ७१ मत प्राप्त गर्दै कांग्रेसका भण्डारीलाई पछाइरहेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.