|

काठमाडौं : नेकपा माओवादी केन्द्रका नेता रामप्रसाद सापकोटा (दीपशिखा)ले  गगन थापाले घन्टीसँग मिलेर गठबन्धनलाई हराएको आरोप लगाएका छन्।
देशभर राष्ट्रिय स्वतन्त्र पार्टीको उत्साहजनक मत आएपछि सापकोटाले यस्तो बताएका हुन्। सामाजिक सञ्जालमा उनले जनताले दिएको मतको कदर गर्ने पनि बताए।

‘नेपाली कांग्रेसका नेता मित्र गगन थापाले खगेन्द्र संग्रौलामाथि लेखिएको उज्जवल प्रसाईंको पुस्तक विमोचनमा भनेका थिए,म कालो कांग्रेस हुँ, हो रहेछ, तपाईं र तपाईको टिमले घण्टीसँगको साझेदारीमा हामी गठबन्धनका सहयात्रीहरूलाई मज्जाले हराउनुभयो,तपाईंलाई आगामी यात्राको शुभकामना,   
हामी जनमतको उच्च कदर गर्दै परिणामलाई सहर्ष स्वीकार गर्छौं, तर यति कुरा दर्ज गरिराख्न पर्ने भएर लेखियो,’उनले लेखेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.