|

बैतडी : बैतडी प्रदेश सभा क्षेत्र नम्बर (१) मा नेकपा एमालेका उम्मेदवार सुरेन्द्र पाल विजयी भएका छन्।

अन्तिम मतपरिणामअनुसार स्वतन्त्र उम्मेदवार हरिमोहन भण्डारीलाई एक हजार आठ सय १३ मतले पछि पार्दै पाल विजयी भएका हुन्।

पालले १२ हजार आठ ३१ मत प्राप्त गरे। भण्डारीले ११ हजार १८ मत प्राप्त गरे। तेस्रो स्थानमा रहेका नेपाली कांग्रेसका बिरबहादुर बिष्टले १० हजार नौ सय ५३ मत ल्याए। प्रदेशसभा क्षेत्र नम्बर २ मा भने नेपाली कांग्रेसका शिवराज भट्ट विजयी भइसकेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.