|

काठमाडौं :  गोरखा–२ मा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्प कमल दाहाल (प्रचण्ड) प्रतिनिधिसभा सदस्य पदमा जितको नजिक पुगेका छन्।

कूल ५३ हजार नौ सय ७८ मत खसेकामा ४९ हजार छ सय ८३ मत गणना सम्पन्न भएको छ । उनको मतान्तर १३ हजार दुई सय ३९ पुगेको छ । अध्यक्ष दाहालका निकटतम् प्रतिद्वन्द्वी राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार कबिन्द्र बुर्लाकोटीले ११ हजार दुई सय ४० मत प्राप्त गरेका छन्।

मतगणना हुन चार हजार दुई सय ९५ मात्र मत बाँकी रहेको जनाइएको छ । गोरखा–२ मा (नेकपा) एमालेका अब्दुस सलाममियाँ भने तेस्रो स्थानमा रहेका छन्।उनले अहिलेसम्म ६ हजार चार सय ६७ मत प्राप्त गरेको सहायक निर्वाचन अधिकृत शिव रेग्मीले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.