|

कञ्चनपुर : कञ्चनपुर क्षेत्र नं.२ मा नेपाली कांग्रेसका उम्मेदवार एनपी साउद ६ हजार ४५५ मतान्तरले विजयी भएका छन्। 

२८ हजार १०० मत प्राप्त गरी उनी प्रतिनिधिसभा सदस्य निर्वाचित भएका हुन्। उनका प्रतिस्पर्धी नेकपा एमालेका नरबहादुर धामीले २१ हजार ६४५ मात प्राप्त गरे।

यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार झंकरराज जोशीले चार हजार ९३१ मत प्राप्त गरेका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टीका अशोकबहादुर सिंहले तीन हजार ५१० मत ल्याए ।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार यो क्षेत्रमा ६४ हजार सात सय ५२ मत खसेको थियो । जसमा चार हजार नौ सय २० मत बदर भएको छ । 

प्रदेश सभाका दुईवटै क्षेत्रमा सत्ता गठबन्धनका उम्मेदवार विजयी भएका छन्।

प्रदेशसभा १ मा नेकपा माओवादी केन्द्रका ओमविक्रम भाट निर्वाचित भएका छन्। उनले १० हजार ९२५ मत पाउँदा उनका निकटतम् प्रतिद्वन्द्वी एमालेका बचनबहादुर सिंहले १० हजार ४५० मत ल्याए। त्यसैगरी नागरिक उन्मुक्तिका गीता चौधरीले ५ हजार १५२ र राप्रपाका चन्द्रकान्त भण्डारीले ३ हजार ५७ मत ल्याए। 

प्रदेश सभा  २ मा कांग्रेसका उम्मेदवारबहादुर सिंह थापाले एमालेका उम्मेदवार कृपाराम रानालाई एक हजार ७२६ मतान्तरले पराजित गर्दै पराजित गरेका छन् ।थापाले १० हजार ६६८ मत ल्याउँदा उनका निकटतम् प्रतिद्वन्द्वी एमालेका रानाले आठ हजार ९४२ ल्याए। त्यसैगरी नेकपा एकीकृत समाजवादीका लालबहादुर खड्काले चार हजार ४०४ मत ल्याए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.