|

काठमाडौं : सिरहाको क्षेत्र नं. ४ मा जनता समाजवादी पार्टी (जसपा) नेपालका डा. वीरेन्द्रप्रसाद महतो विजयी भएका छन्। महतोले २४ हजार १०२ मत पाई प्रतिनिधिसभा सदस्य निर्वाचित भएका हुन्।

उनका निकटतम प्रतिद्वन्दी जनमत पार्टीका वीरेन्द्र प्रसाद साहले १६ हजार १९४ मत पाए। नेकपा एकीकृत समाजवादीका धर्मनाथ प्रसाद साहले १४ हजार ६५३ मत प्राप्त गरे।

सिरहा ४ मा विजयी महतो २०७० को दोस्रो संविधानसभामा समानुपातिकतर्फबाट सभासद भएका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.