|

काठमाडौं : प्रतिनिधिसभा निर्वाचनको मतपरिणाम सार्वजनिक हुने क्रम जारी छ। निर्वाचन आयोगले १६५ निर्वाचन क्षेत्रमध्ये यो समाचार तयार पर्दासम्म ११८ क्षेत्रको मतपरिणाम सार्वजनिक गरेको छ। मत परिणामअनुसार आठ जनाले पाँच सयभन्दा कम मतान्तरले निर्वाचन जितेका छन्।

ताप्लेजुङमा नेकपा एमालेका सचिव योगेश भट्टराई २१ हजार ९४३ मतले विजयी भए। उनले नेकपा माओवादी केन्द्रका खेलप्रसाद बुढाक्षेत्रीलाई २१ हजार ७३५ मतसहित पराजित गरे। भट्टराई र क्षेत्रीबीचको मतान्तर २०८ रहेको।  

पाँचथरमा नेकपा एमालेका वसन्तकुमार नेम्वाङ ३२ हजार ११० मतसहित विजयी भए। उनले नेपाली कांग्रेसका भीष्मराज आङ्देम्बेलाई ४७ मतान्तरले पराजित गरे। आङ्देम्बेले ३२ हजार ६३ मत पाए। 

धनुषा २ मा नेपाली कांग्रेसका राम कृष्ण यादव विजयी भए। उनले २० हजार ११२ मत पाए। उनले नेकपा एमालेका उमाशंकर अरगरिया १९९५५ मतसहित पराजित गरेका हुन्। उनीहरुबीचको मतान्तर १५७ रहेको छ। 

काठमाडौं १ बाट प्रकाशमान सिंह सात हजार १४३ मत सहित विजयी भए। राप्रपाका रवीन्द्र मिश्र ७ हजार १८ मतसहित पराजित भए। सिंह र मिश्रबीचको मतान्तर १२५ रहेको छ। 

दाङ १ मा माओवादी केन्द्रकी रेखा शर्मा २६ हजार ८८० मत पाए। एमाले महासचिव शंकर पोखरेल २६ हजार ६८७ मतसहित पराजित भए। उनीहरुबीचको मतान्तर १९३ रहेको छ। 
 बर्दिया २ मा स्वतन्त्र उम्मेदवार लालवीर चौधरी २६ हजार ५२० मतसहित विजयी भए भने नेकपा माओवादी केन्द्रका सुरेस पन्थ २६ हजार ३८४ पराजित भए। चौधरी पन्थबीचको मतान्तर १३६ रहेको छ। 

मुगुमा नेपाली कांग्रेसका ऐनबहादुर ठकुरी २५९५ मतसहित विजयी भए। एमालेका राजबहादुर कार्की २३८३ मतसहित पराजित भए। उनीहरुबीचको मतान्तर २१२ रहेको छ। 

दैलेख २ मा नेपाली कांग्रेसका दिक्पाल कुमार शाही २० हजार १५८ मतसहित विजयी भए। एमालेका लक्ष्मी प्रसाद पोखरेल २० हजार ५ मतसहित पराजित भए। 
उनीहरुबीचको मतान्तर १५३ रहेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.