|

काठमाडौं : नेपाली कांग्रेसका नेता एवम् काठमाडौं क्षेत्र नम्बर १ का प्रतिनिधिसभाका नवनिर्वाचित सांसद प्रकाशमान सिंहले जनताको चाहना अनुरुप काम गर्न आफू केन्द्रित हुने बताएका छन्। विकास, निर्माणको काममा राजनीतिकरण नगर्ने र जनताको चाहना अनुसार आफूले काम गर्ने नेता सिंहको भनाइ थियो।

शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बीच आफू निर्वाचित भएको प्रमाणपत्र ग्रहण गर्दै उनले जनताले विकास, निर्माणको काममा राजनीतिकरण गरेको मन नपराएको उल्लेख गर्दै आफूले त्यसो नगर्ने प्रतिवद्धतासमेत व्यक्त गरे।

उनले तीनवटै तहको सरकारलाई अधिकार सम्पन्न बनाएर जनताको सेवाको काममा सहजता ल्याउने गरी संघीय कानुन निर्माणमा जोड दिने योजना पनि सार्वजनिक गरे।

सुशासन, समृद्धि, विकास, बेरोजगारी समस्या समाधान गरी मुलुकलाई भ्रष्टाचार मुक्त गराउनुपर्ने दायित्व पनि आफूहरुको रहेको नेता सिंहले बताए।

नेता सिंहले जनाको चाहनाअनुसार आफूले आफ्नो निर्वाचन क्षेत्रको पूर्वाधार विकास, खानेपानीको व्यवस्थापन, बेरोजगारी समस्या समाधान, शिक्षा र स्वास्थ्यमा सुधारको कामलाई पनि प्राथमिकताका साथ अघि बढाउने दोहोर्‍याए।

त्यस अवसरमा उनले निर्वाचन स्वच्छ, स्वतन्त्र र पारदर्शी ढंगले सम्पन्न गराएको भन्दै मुख्य निर्वाचन अधिकृतको कार्यालय, सुरक्षाकर्मी र सम्बन्धित निकायलाई पनि धन्यवाद दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.