|

काठमाडौं : नुवाकोट क्षेत्र नं. २ मा नेपाली कांग्रेसका अर्जुननरसिंह केसी विजयी भएका छन्। उनी २८ हजार १०७ मतसहित प्रतिनिधिसभा सदस्य निर्वाचित भएका हुन्।

उनका प्रतिद्वन्द्वी राष्ट्रिय स्वतन्त्र पार्टीका सुमनविक्रम पाण्डेले १६ हजार ४७७ ल्याए। नेकपा एमालेका नारायणप्रसाद खतिवडाले १५ हजार ५६१ प्राप्त गरे।

यसअघि २०७४ को निर्वाचनमा एमालेका उम्मेदवार खतिवडासँग १० हजार मतान्तरले पराजित भएका केसी यो पटक खतिवडाभन्दा १२ हजार ५६४ मतान्तरले निर्वाचित भएका हुन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.