काठमाडौं : थापाथलीस्थित सुकुम्बासी बस्तीमा महानगरले डोजर चलाएर बस्तीमा आतंकित बनाएको छ।
काठमाडौं महानगरपालिकाले अनाधिकृत रुपमा बनाइएका भौतिक संरचनाहरु हटाउने अभियान अन्तरगत सोमबार दिउँसोबाट सो बस्तीमा डोजर चलाउन सुरु गरेको हो। तर, सो बस्तीमा मानिसहरुले भने डोजर चलाउने काममा अवरोध गर्दै काठमाडौं महानगरपालिकाविरुद्ध चर्का नाराबाजीसहित टायर बालेर प्रदर्शन गरिरहेका छन्। डोजरको प्रतिकार गर्न इट्टासमेत प्रहार भइरहेको छ।
अहिले पनि त्यो क्षेत्र तनावग्रस्त छ। स्थानीयले प्रतिकार गर्न प्रदर्शनलाई निरन्तरता दिएका हुन्। काठमाडौं महानगरपालिकाले यस अघि नै ३५ दिने सूचना जारी गर्दै सो बस्तीमा बनाइएको टहरा हटाउन निर्देशन दिएको थियो।
यता, प्रदर्शनकारीहरुले भने विकल्प नभई नदिई आफूहरु सो बस्तीबाट नहटने जिकिर गरिरहेका छन्। उनीहरूले डोजर चलाउने डरले आफूहरुको सामानभने बाहिर निकाल्ने कामलाई पनि एकसाथ अघि बढाएका छन्।
केही तस्वीर झलक :
तपाईंको ईमेल गोप्य राखिनेछ ।