|

काठमाडौं : नेपाली कांग्रेसका नेता गुरुराज घिमिरेले नेपालमा सत्ता फेरिए पनि चरित्र फेरिन नसकेको बताएका छन्। नेता घिमिरेलेअहिले लोकतन्त्र गुणतन्त्र बन्न नसक्दा भिडतन्त्र भएको बताएका हुन्।

सामाजिक सञ्जाल फेसबुकमा प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा विजयी भएका व्यक्तिलाई शुभकामना दिँदै उनले भने, 'भिडतन्त्रले जनताको जीवन बदल्दैन, समाजमा समृद्धि आउँदैन। तसर्थ यसपटक निर्वाचित तिनैं तहका जनप्रतिनिधिहरुले अहिलेसम्म अभ्यास गरिएको लोकतन्त्रलाई वास्तविक लोकतन्त्रमा परिणत गर्न सकारात्मक भूमिका खेल्नुहुनेछ भन्ने अपेक्षा रहेको छ।'

मंसिर ४ गते भएको तिनिधि तथा प्रदेशसभा निर्वाचनमा​ घिमिरे मोरङ-४ (१) बाट उम्मेदवार थिए। उनी एमालेका जयप्रकाश चौधरीसँग ४ सय ४ मतले पराजित भएका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.