|

सल्यान : जिल्लाको वनगाड कुपिण्डे नपा–४ काफलपानीका २४ घर पहिरोको उच्च जोखिममा छन्। असोजमा आएको एक हप्ता लामो वर्षाका कारण उक्त क्षेत्र उच्च जोखिममा परेको हो।

बस्ती बसेको ठाउँको पूरै पाखो केही फिट तल बसेको छ। मेघराज गिरिका अनुसार पहिरोका कारण गाउँका स्थानीय जोखिम मोलेर बस्न बाध्य भएको बताए। पहिरोले आफ्नो घर र मिल जोखिम परेको उनको भनाइ छ। मिल राखिएको जमिन केही फिट तल बसेका कारण मिलका सम्पूर्ण मेसिनरी औजार बाङ्गोटिङ्गो अवस्था हुँदा घर खर्च चलाउन मुस्किल भएको गिरिले बताए।

शशिराम कामीले पहिरोले घर चर्किदा राति निद्रा नलाग्ने बताए। आफ्नो परिवार कसरी बचाउने भन्ने चिन्ता रहेको बताए। अन्त आफ्नो घर पनि नभएकाले भगवान् भरोसाका भरमा त्यही जोखिमयुक्त घरमा बस्न बाध्य भएको कामीको भनाइ रहेको छ।

वनगाड कुपिण्डे नगरपालिका नगरप्रमुख कर्णबहादुर बुढाथोकीले उक्त बस्ती असाध्य जोखिममा रहेकाले स्थानान्तरणका लागि पहल गर्ने बताए।

उक्त ठाउँको अनुगमन गर्न पुगेका नगरप्रमुख बुढाथोकीले विभिन्न निकायसँग समन्वय भइरहेको र जनताको आवश्यकताअनुसार पहल गर्ने उनको भनाइ छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.