|

सर्लाही : जिल्लाको लालबन्दी नगरपालिका-१३ पत्थरकोटस्थित होलिडे रिसोर्टमा मिडिया काउन्सिल मधेश प्रदेशका अध्यक्ष मृत फेला परेका छन्।

नेपाल पत्रकार महासंघ सर्लाही शाखाको आज शनिबारका लागि सोहि रिसोर्टमा तय गरिएको ११औँ साधारणसभामा सहभागिताका लागि अघिल्लो दिन नै आएर बसेका अध्यक्ष शिवहरि भट्टराई मृत फेला परेका हुन्।

सप्तरीको राजविराज घर भएका भट्टराई शुक्रबार राति खानपिन गरी सुतेको र बिहान अबेरसम्म नउठेपछि बोलाउन जाँदा मृत अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय लालबन्दीले जनाएको छ।

रिसोर्टमा मृतक भट्टराईसहित जिल्लाका केही पत्रकारसमेत शुक्रबार नै गएर बसेका थिए। रिसोर्टमा अहिले प्रहरीको टोलीले घट्नाको अनुसन्धान गरिरहेको र घटनाको विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जानकारी दिएको छ।

पत्रकार महासंघ सर्लाही शाखाको साधारणसभा भने स्थगित भएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.