|

काठमाडौं : रुसले युक्रेनमा आक्रमण बढाएको छ। पछिल्लोपटक दक्षिणी–पूर्वी युक्रेनका विभिन्न सहरमा रुसले मिसाइलको वर्षा गराएको अधिकारीहरुले जनाएका छन्। 

हिजो रुसका दुई सैन्य हवाई अड्डामा विस्फोटका घटना भएपछि रुसी सैनिकले युक्रेनमा आक्रमण बढाएको हो। 

हवाई अड्डामा भएको विस्फोटमा युक्रेनको संलग्नता भएको रुसको आरोप छ। त्यसको बदलामा रुसले विभिन्न ठाउँमा झण्डै डेढ सय मिसाइल खसालेको युक्रेनी अधिकारीको दाबी छ। 

आक्रमणमा कम्तीमा ४ जना सर्वसाधारणको मृत्यु भएको युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बताए।  उनले झण्डै ७० मिसाइल आफ्नो सेनाले खसालिदिएको बताए। रुसले गरेको मिसाइल आक्रमणले दक्षिणपूर्वी सहरका विभिन्न ठाउँमा ऊर्जा प्रणाली नष्ट भएको छ। 

युक्रेनमा तापक्रम माइनसतर्फ झरिरहेको अवस्थामा विद्युत सेवा बन्द हुँदा जनजीवन प्रभावित भएको छ। 
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.