|

काठमाडौं :  नेपाल बार एशोसिएसनले सर्वोच्च अदालतको मूल गेटमा धर्ना दिएको छ। प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा सर्वोच्च अदालत फर्किने तयारी गरेसँगै बार पदाधिकारीहरुले धर्ना सुरु गरेका हुन्।

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा  आफूविरुद्ध संसदमा दर्ता भएको महाअभियोग प्रस्ताव निष्क्रिय भएसँगै आजै सर्वोच्चमा हाजिर हुन जादैँ छन्।

सर्वोच्च परिसरमा सुरक्षा व्यवस्था कडा पारिएको छ। उक्त धर्नामा बार अध्यक्ष गोपालकृष्ण घिमिरे, महासचिव अञ्जिता खनाल, सर्वोच्च बारका अध्यक्ष पूर्णमान शाक्य, बार पूर्व अध्यक्ष चण्डेश्वर श्रेष्ठलगायत रहेका छन्।

संसदका महासचिव डा भरतराज गौतमले जबरालाई महाभियोग प्रस्ताव निष्क्रिय भएको पत्र दिएसँगै उनको निलम्बन फुकुवा भएको हो।
जबराले संसद सचिवालयमा निवेदन दिएका थिए। त्यसको जवाफ दिने क्रममा महासचिव गौतमले यस्तो जवाफ दिएका हुन्।

गत १ फागुनमा उनीविरुद्ध ९८ जना सांसदले महाभियोगको प्रस्ताव दर्ता गराएका थिए। तर, ढिलोगरी प्रतिनिधिसभा बैठकमा महाअभियोग प्रस्ताव पेस गरेको र छिनोफानो हुनुअघि नै तत्कालीन प्रतिनिधिसभा विघटन भएको थियो। जसकारण जबराविरुद्धको महाअभियोग प्रस्ताव अलपत्र परेको थियो।

गत ४ मंसिरमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा निर्वाचित सांसदहरूले शपथ खाने र संसद् बैठक बस्नुअघि नै एक सातापछि जबराले अनिवार्य अवकाश पाउँदै छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.