|

काठमाडौं : शनिबार देशभर १०९९ जनामा परीक्षण गर्दा जम्मा एक जनामा कोभिड १९ संक्रमण पुष्टि भएको छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार यही समयमा ११ जना संक्रमित संक्रमणमुक्त भएका छन्। मन्त्रालयको विवरणअनुसार हाल देशभर जम्मा ४१ जना कोभिडका सक्रिय संक्रमित रहेका छन्। 

पछिल्लो दिनहरूमा नेपालमा कोभिडका नयाँ संक्रमित कम हुँदै गएका छन् भने संक्रमणमु्क्त हुने दर पनि ९८ प्रतिशत रहेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.