|

काठमाडौं : इङ्ल्याण्डलाई हराउँदै साविक विजेता फ्रान्स  फिफा विश्वकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ। 

कतारको अल बायत स्टेडियममा आइतबार विहान सकिएको अन्तिम क्वाटरफाइनलमा इंग्ल्यान्डलाई २-१ गोल अन्तरले हराउँदै फ्रान्स अन्तिम चारमा पुगेको हो।

फ्रान्सको जितमा ओरेलिएन चुवामेनी र ओलिभर जेरुडले एक एक गोल गरे। इंग्ल्यान्डका कप्तान ह्यारी केनले पेनाल्टीबाट एक गोल फर्काए । १७ औं मिनेटमा चुवामेनीले गोल गर्दै फ्रान्सलाई सुरुआती अग्रता दिलाएका थिए । तर, खेलको ५४ औं मिनेटमा केनले पेनाल्टीमार्फत गोल गर्दै इंग्ल्यान्डलाई १-१ गोलको बराबरीमा फर्काए।

७८ औं मिनेटमा जेरुडले हेडरमार्फत उत्कृष्ट गोल गर्दै फ्रान्सलाई २-१ को अग्रता दिलाए । खेलको ८४ औं मिनेटमा इंग्ल्यान्डले पेनाल्टीबाट बराबरी गर्ने अवसर पायो। तर ह्यारी केनको पेनाल्टी प्रहार बाहिरियो। अब फ्रान्सले सेमिफाइनलमा मोरक्कोसँग खेल्नेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.