|

विश्वकप फुटबलको नकआउट चरणमा पोर्चुगलले आफ्ना स्टार खेलाडी क्रिश्टियानो रोनाल्डोलाई बेन्चमा राखेपछि शुरु भएको 'रोनाल्डो बहस' रोकिएको छैन। अन्तिम १६ को खेलमा रोनाल्डोलाई बेन्चमा राखेका फर्नान्डो सान्तोषले स्वीजरल्यान्डविरुद्ध गोल वर्षा गरे तर उनको त्यही रणनीति मोरक्कोविरुद्ध भने काम नगर्दा अहिले सान्तोष विश्वभरका रोनाल्डो समर्थकको तारो बनेका छन्।

उनले मोरक्कोविरुद्ध पहिलो हाफमा रोनाल्डोलाई बेन्चमा राखे। पहिलो हाफमा नै मोरक्कोले अग्रता बनायो। त्यही अग्रता नै पोर्चुगल हराउन पर्याप्त बन्दा रोनाल्डोको पक्ष र विपक्षमा बहस चर्किएको हो। धेरैले रोनाल्डोलाई शुरुवातबाटै मैदानमा छिराएको भए अवस्था फरक हुन सक्ने दाबी गरिरहँदा प्रशिक्षक सान्तोष भने यो मान्न तयार छैनन्।

प्रशिक्षक फर्नान्डो सान्तोष रोनाल्डोलाई पहिलो हाफमा बेन्चमा राखेर आफूलाई कुनै पछुतो नभएको बताएका छन्। सान्तोषले पत्रकार सम्मेलन गर्दै रोनाल्डोलाई बेन्चमा राख्दा कुनै पछुतो नभएको बताए।

उनले भने‚ 'मैले स्वीजरल्यान्डविरुद्ध निकै राम्रो प्रदर्शन गरेको टिमलाई अवसर दिएको थिए। त्यो स्वभाविक थियो।' उनले रणनीतिक परिवर्तन सहज नहुने भन्दै मुटुभन्दा पनि दिमागबाट निर्णय गर्नुपर्ने बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.