|

हेटौंडा : प्रतिनिधिसभाको समानुपातिकमा आफूले पाएको सिटमा सांसद बन्नेको नाम राजनीतिक दलहरूले शनिबार निर्वाचन आयोगमा बुझाएका छन्।

निर्वाचन आयोगले राजनीतिक दलहरूले बुझाएका नामको आधारमा सोमबार समानुपातिकबाट निर्वाचित सांसद घोषणा गर्ने जनाएको छ। प्रतिनिधिसभामा समानुपातिकतर्फ नेकपा एमालेले ३४, नेपाली कांग्रेसले ३२, नेकपा माओवादी केन्द्रले १४, रास्वपाले १३, राप्रपाले ७ सिट पाएका थिए।

जसमा बागमती प्रदेशबाट प्रतिनिधिसभामा समानुपातिकबाट सांसद बन्ने मौका २९ जनाले पाएका छन्।

नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपाले शनिबार निर्वाचन आयोगमा बुझाएको समानुपातिकतर्फको सांसदहरूको सिफारिश सूचीमा बागमती प्रदेशबाट २९ जनाको नाम अटाएको हो।

निर्वाचन आयोगलाई बुझाएको सूचीमा बागमती प्रदेशबाट नेपाली कांग्रेसले ९ जना, एमालेले ७ जना, माओवादी केन्द्रले ४ जना, रास्वपाले ५ जना र राप्रपाले ४ जना प्रतिनिधिसभा सांसदको लागि सिफारिशमा गरेको छ।

बागमती प्रदेशबाट प्रतिनिधिसभामा समानुपातिक सांसद बन्नेहरू यसप्रकार छन्ः 

नेपाली कांग्रेसबाट

​खस/आर्य पुरुष तर्फबाट

डा.प्रकाशशरण महत (नुवाकोट)

खस–आर्य महिलातर्फबाट

अम्बिका बस्नेत (काठमाडौँ), प्रतिमा गौतम (काठमाडौँ), रमा कोइराला (भक्तपुर)

आदिवासी जनजाति महिलातर्फबाट 

सुशीला थिङ (सिन्धुली), सपना राजभण्डारी (काठमाडौँ), अञ्जनी श्रेष्ठ (चितवन)

दलित महिलातर्फबाट

​शान्ति विक (चितवन) र सीता मिजार (नुवाकोट)

नेकपा एमालेबाट

आदिवासी–जनजातितर्फबाट

देवीप्रसाद भट्टचन (ललितपुर), नैनकला थापा मगर (चितवन), रणकुमारी बलम्पाकी मगर (सिन्धुली), शान्ति श्रेष्ठ (काठमाडौँ)

खस आर्य पुरुषतर्फबाट

​रघुजी पन्त (काठमाडौँ), 

दलित पुरुषतर्फबाट

​ईश्वरबहादुर रिजाल (दोलखा) 

दलित महिलातर्फबाट

​रुक्मिनी राना बराइली (काभ्रे)

माओवादी केन्द्रबाट 

आदिवासी महिलातर्फबाट

​मिना तामाङ (काभ्रे) 

खस/आर्य महिलातर्फबाट

​ज्ञानु बस्नेत सुवेदी (चितवन), विमला सुवेदी (नुवाकोट) 

दलित पुरुषतर्फबाट ​कोटामा

रणेन्द्र बराली (चितवन)

रास्वपाबाट

​आदिवासी–जनजातितर्फबाट

सुमना श्रेष्ठ (काठमाडौँ)

खस/आर्य महिलातर्फबाट 

डा.चन्दा कार्की (ललितपुर)

खस/आर्य पुरुषतर्फबाट 

डोलप्रसाद अर्याल (काठमाडौँ)

दलित पुरुषतर्फबाट 

सन्तोष परियार (भक्तपुर) 

मुस्लिमतर्फबाट 

असिम शाह (काठमाडौँ) 

राप्रपाबाट 

खस/आर्यतर्फबाट

​पशुपति शमशेर जबरा (सिन्धुपाल्चोक)

आदिवासी जनजाति पुरुषतर्फबाट

​बुद्धिमान तामाङ (धादिङ)

आदिवासी जनजाति महिलातर्फबाट

​बिना लामा (धादिङ)

खस/आर्य महिलातर्फबाट

​रोशन कार्की (ललितपुर)

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.