|

सल्यान : शारदा नगरपालिकाले श्रीनगरको बसपार्क क्षेत्रमा ऐलानी जग्गामा बनाइएका घरटहरा हटाउन ३५ दिने अल्टिमेटम दिएको छ। बसपार्क व्यवस्थित बनाउन भन्दै नगरपालिकाले ऐलानी जग्गामा भएका घरटहरा हटाउन अल्टिमेटम दिएको हो।

श्रीनगर बजार नजिक रहेको सरकारी पर्ती ऐलानी जग्गामा आधुनिक बसपार्क निर्माणका लागि अस्थायी बसपार्कको वरपरका घरटहरा हटाउन आग्रह गरेको नगरपालिकाले जनाएको छ। मंंसिर १५ गते बसेको शारदा नगर कार्यपालिकाको बैठकले ऐलानी जग्गामा भएका घरटहरा हटाएर बसपार्क विस्तार गर्ने निर्णय गरेको हो।

शारदा नगरपालिका १ अन्तर्गतको अस्थायी बसपार्क क्षेत्र वरपर ऐलानी जग्गामा व्यापारिक प्रयोजनका लागि ७५ बढी घरटहरा बनाइएका छन्। नगरपालिकाले तोकिएको मितिभित्र घर टहरा नहटाए नियमानुसार कारबाही अघि बढाउने चेतावनीसमेत दिएको छ। 

यसअघि २०७६ पनि शारदा नगरपालिकाले बसपार्क निर्माण गर्ने भन्दै १५ दिनको सूचना जारी गरेको थियो। विश्वभर फैलिएको कोरोना संक्रमणका कारण नगरपालिकाको योजना रोकिएको थियो। त्यस वेला शारदा नगरपालिका र विभिन्न निकायबाट बसपार्क निर्माणका लागि ४२ करोड बजेट विनियोजन भएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.