|

कञ्चनपुर :  पूर्व–पश्चिम राजमार्गअन्तर्गत शुक्लाफाँटा नगरपालिका–५ अर्जुनी ब्यारेकनजिक मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी निरीक्षक भरत गिरीका अनुसार से ७ प २८४२ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भएर दुर्घटना हुँदा कृष्णपुर नगरपालिका–९ का २४ वर्षीय हरिश ऐरको मृत्यु भएको हो।

अर्जुनी ब्यारेकनजिकको घाँसे मैदानस्थित सडकमा दुर्घटना भएको थियो। आफैँ अनियन्त्रित भएर मोटरसाइकल सडकभन्दा १५/२० मिटर तल खसेको प्रत्यक्षदर्शीले बताए।

उनको शव अहिले महाकाली प्रादेशिक अस्पतालमा राखिएको र घटनाबारे अनुसन्धान भइरहेको प्रहरी निरीक्षक गिरीले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.