|

काठमाडौं :  अर्जेन्टीनाका स्टार खेलाडी लियोनल मेस्सीले यो नै अन्तिम विश्वकप भएको बताएका छन्। 

जारी विश्वकपको फाइनलमा पुगेको अर्जेन्टिनाका कप्तान मेस्सीले यो नै आफ्नै अन्तिम विश्वकप भएको बताएका छन्। टीमलाई फाइनलमा पुर्‍याएका मेस्सीका नाममा ​दर्जनौं कीर्तिमान बनेका छन्। उनी विश्वकप फुटबलको एकै खेलमा सबैभन्दा कम उमेर र सबैभन्दा बढी उमेरमा गोल र असिस्ट दुवै गर्ने खेलाडी बनेका छन्।  

सन् २००६ को विश्वकपमा कम उमेरमा गोल गरेकामेस्सीले जारी विश्वकपमा बढी उमेरमा गोल गरेर  कीर्तिमान बनाएका हुन्।

यस्तै मेस्सी पाँच विश्वकपमा गोलका लागि असिस्ट गर्ने एकमात्र खेलाडी बनेका छन्। उनी विश्वकप इतिहासमा सर्वाधिक गोल असिस्ट गर्ने कीर्तिमान पनि बराबरी गर्न सफल भएका छन्। मंगलबार राति भएको सेमिफाइनलमा क्रोएसियाविरुद्ध जुलियान अल्भारेजका लागि असिस्ट गर्दै डीएगो म्याराडोनाको ८ असिस्टको विश्वकप कीर्तिमान बराबरी गरेका हुन्। 

मेस्सीले जारी विश्वकपमा मात्र तीन असिस्ट गरेका छन्। मेस्सी विश्वकप फुटबलमा सर्वाधिक प्लेयर अफ दी म्याच अवार्ड जित्ने फुटबलर पनि हुन्। उनी १० पटक प्लेयर अफ दी म्याच भएका छन्। यसअघि सन् २०१४  फाइनलसम्म पुग्दा मेस्सी चार खेलमा प्लेयर अफ दी म्याच भएका थिए।

उनले विश्वकपमा सर्वाधिक खेल कप्तानी गर्ने कीर्तिमान बनाएका छन् भने सर्वाधिक खेल खेल्ने खेलाडीको कीर्तिमान बराबरी गरेका छन्।

उनले १९ खेलमा कप्तानी गर्दै नयाँ कीर्तिमान बनाएका हुन्।  यस्तै विश्वकपमा २५ खेल खेल्दै लोथर मेथाउसको नाममा रहेको कीर्तिमान बराबरी गरेका हुन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.