|

काठमाडौं : लुम्बिनी प्रदेशको स्थायी राजधानी दाङ देउखुरी बुधबारदेखि औपचारिक कार्यान्वयनमा आउँदैछ।  दिउँसो १२ बजे प्रदेश प्रमुख अमिक शेरचनले मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय उद्घाटन एवं झण्डत्तोलन गर्ने कार्यक्रम छ।

औपचारिक समारोहमा प्रदेश प्रमुख शेरचन, हालका मुख्यमन्त्री कुलप्रसाद केसी, निवर्तमान मुख्यमन्त्री शंकर पोखरेल र प्रदेश सभाका निवर्तमान सभामुख पूर्ण घर्तीले सम्बोधन गर्ने कार्यक्रम छ।

स्थायी राजधानीको औपचारिक सुरुवात भएको खुशीयालीमा स्थानीयले आज कलासंस्कृति झल्किने झाँकी प्रदर्शन गर्ने तयारी छ। राजधानी रहेको राप्ती गाउँपालिकाले राजधानी व्यवस्थापन तथा सञ्चालन सहजीकरण मूल समिति सहित विभिन्न उपसमिति गठन गरेर भव्य स्वातगको तयारी छ। 

२०७७ साल असोज २० गते प्रदेशसभाको दुई तिहाइ बहुमतले लुम्बिनी प्रदेशको नामकरण र स्थायी राजधानी दाङको राप्ती उपत्यका तोकेको थियो। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.