डिएसपी डुण्डिराज भन्छन्- दुर्घटनाको कारण ब्रेक फेल

|

काभ्रे : काभ्रेको बेथानचोक बस दुर्घटनाका सबै मृतकको पहिचान खुलेको छ। काभ्रेको बनेपा नगरपालिका–११ बाट जिल्लाकै बेथानचोक गाउँपालिका–५ स्थित च्याल्टीमा ब्रतबन्ध (छेवार)मा पुगेर फर्किने क्रममा आइतबार राति बेथानचोक–४ चलालगणेश स्थानमा बस दुर्घटनाका १७ जना मृतकहरुको पहिचान खुलेको हो।

जिल्ला प्रहरी कार्यालय काभ्रेका डिएसपी डुण्डिराज न्यौपानेका अनुसार बा३ख ४३८५ नम्बरको बस ब्रेक फेल भएर दुर्घटना हुँदा १७ ज्यानले गुमाएका थिए। मृत्यु हुनेमा बनेपा नगरपालिका–११ की ७९ वर्षीया निर्मला तामाङ, सोही स्थानकै २७ वर्षीया कोपिला तामाङ, ५५ वर्षीय कुमार तामाङ, ११ वर्षीय पुष्कर तामाङ, २८ वर्षीया मञ्जु तामाङ, ५० वर्षीय आकुर तामाङ, ४३ वर्षीया हेमा तामाङ, ३० वर्षीय वुद्ध तामाङ छन्।

 त्यस्तै, ललितपुरको महाङकाल गाउँपालिका घर भई काभ्रेको पनौती–४ बस्ने २२ वर्षीय बस चालक तेजप्रसाद तिमल्सिना, बेथानचोक गाउँपालिका–४ का १९ वर्षीय रविन तामाङ, तेमाल–८ की २९ वर्षीया टिकालक्ष्मी तामाङ, सोही वडाकै ९ वर्षीय गुरुलक्ष्मण दास घिसिङ, मण्डनदेउपुर–१ की ४१ वर्षीया चेलीमाया तामाङ, बनेपा–१४ का ४२ वर्षीय रामकुमार तामाङ, सोही वडाकै २८ वर्षीया गीता श्रेष्ठ, बेथानचोक–५ की २४ वर्षीया मञ्जु तामाङ र मकवानपुरको इन्द्रसरोवर–१ की ६ वर्षीया समिक्षा थिङ छन्।

त्यस्तै, घाईतेहरु राकुमार तामाङ, निरु माया तामाङ, पेमा तामाङ, सन्त बहादुर तामाङ, राजन तामाङ, विशाल तामाङ, बिकास तामाङ, रुपक तामाङ, निर्मल तामाङ, कबिता तमाङ, देबराज तामाङ, स्रोता तामाङ, विजय वाईबा र सह चालक सन्तोष चौँलागाई लगायतको विभिन्न अस्पतालमा उपचार भइरहेको छ।

उनीहरुको हात भाँचिएको, ढाड, छातीमा चोट, खुट्टा र अनुहारमा चोट लागेको भए पनि अवस्था मध्यम रहेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाइएको छ।

दुर्घटनामा परेका घाइतेहरुको नेपाल प्रहरी र स्थानीयको सहयोगमा उद्धार गरी उपचारका लागि शीर मेमोरियल अस्पताल बनेपा र जिल्लास्थित धुलिखेल अस्पतालमा पुर्‍याइएको थियो।

आफन्तले बुझे शव

शवको पहिचान भएलगत्तै धुलिखेल अस्पतालमा शवको पोस्टमार्टम सकिएको छ। पोस्टमार्टम सकिएसँगै आफन्तले दहसंस्कारको लागि शव बुझेका छन्।

त्यस्तै, जिल्ला प्रहरी कार्यालय काभ्रेका एसपी चक्रराज जोशीले पीडित पक्ष, यातायात समिति, जिल्ला प्रशासन कार्यालयका प्रमुख, जनप्रतिनिधि सहितको छलफलले पीडितहरुलाई कानुनबमोजिम क्षतिपूर्ति दिने गरी सहमतिसमेत भएको जानकारी दिए।

दुर्घटनामा परी घाइते भएका २२ जना मध्ये ५ जनालाई थप उपचारका लागि उपत्यकाका विभिन्न अस्पतालमा रेफर गरिएको छ भने धुलिखेल अस्पताल ९ जना र बनेपास्थित शीर मेमोरियल अस्तपतालमा ८ जनाको उपचार भइरहेको छ।

उपचार सुधारउन्मुख भएपछि चिन्तजनक अवस्थामा नै रहेको अस्पतालले जनाइएको छ। एसपी जोशीले घाइते एकजना डिस्चार्ज भएको बताए।

घाइते ७ जनाको अवस्था चिन्तजनक

त्यस्तै, डिएसपी न्यौपानेले टाउको र चातीमा चोट लागेका कालु तामाङ र रबी तामाङसहित ७ जनाको अवस्था गम्भीर रहेको बताए। उनीहरुमध्ये ५ जना जिल्ला बाहिरका अस्पताल रिफर गरी उपचाररत छन्।

बोल्नसमेत नसक्ने गम्भीर घाइते बनेपा–११ को हिरामान तामाङको भक्तपुरस्थित मध्यपुर ठिमि अस्पताल, बेथानचोक–५ का योगेश तामाङको काठमाडौको महाराजगंजस्थित बालमैत्री अस्पतालमा, बनेपा–११ बस्ने रेन्जन तामाङसहित अर्का एक जनाको बाँसबारीको अन्नपुर्ण न्युरोमा उपचार भइरहेको छ।

त्यस्तै टाउकोमा गम्भीर चोट लागेका मकवानपुरको कुलेखानीकी डोल्मा तामाङको काठमाडौंस्थित ट्रमासेन्टर रिफर गरिएकोमा त्यहाँ सम्भव नभएपछि ललितपुरको मेडिसिटि अस्पतालमा रिफर गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.