|

चीनले बेलायतका ६ कूटनीतिज्ञलाई हटाएको छ। उनीहरूलाई हङकङका प्रदर्शनकारीलाई कुटपिट गरेको आरोप लागेको छ। 

म्यानचेस्टरमा रहेको चिनिया वाणिज्य दूतावासभित्र प्रजातन्त्र समर्थक हङकङका प्रदर्शनकारीलाई कुटपिट गरेको आरोपमा काउन्सिल जनरल र अन्य पाँच कूटनीतिज्ञलाई चिनिया सरकारले हटाएको बेलायतका विदेशसचिव जेम्स क्लेभरलीले जानकारी दिए। 

आफूहरुकै अनुरोधपछि चीन सरकारले काउन्सिल जनरललगायत बेलायती ती अधिकारीलाई हटाएको क्लेभरलीले जनाए। काउन्सिल जनरल जेङ शिउआन बेलायत फर्किइसकेका छन् र अरु पनि फर्कने तयारीमा रहेको बीबीसीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.