|

काठमाडौं : नेपाली कांग्रेसको संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवा निर्वाचित भएका छन्। 

बुधबार बिहान सिंहरदरबारस्थित दलको कार्यालयमा भएको मतदानका क्रममा देउवा ६४ मतसहित दलको नेतामा विजयी भएका हुन्। उनका प्रतिस्पर्धी महामन्त्री गगनकुमार थापाले २५ मत प्राप्त गरेका छन्। 

थापालाई शेखर कोइराला, उपाध्यक्ष धनराज गुरुङ, महामन्त्री विश्वप्रकाश शर्मा, युवा नेता प्रदीप पौडेललगायतको समर्थन थियो भने देउवालाई उपसभापति पूर्णबहादुर खड्का, रामचन्द्र पौडेल, प्रकाशमान सिंहलगायतको समर्थन थियो ।

दलको नेता चुनिन ५० प्रतिशत मत कटाउनुपर्ने थियो। यसअनुसार दलको नेता बन्न ४५ सांसदको समर्थन आवश्यक थियो। देउवाले पहिलो चरणमै ५० प्रतिशतभन्दा बढी मत प्राप्त गरेका छन्। 

दलको नेतामा निर्वाचित भएसँगै देउवाका लागि छैटौं पटक प्रधानमन्त्री बन्ने बाटो खुला भएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.