|

रुसले युक्रेनमाथि सैन्य आक्रमण गरेको तीन सय दिन पुगेको छ। यस अवधिमा युक्रेनका धेरै शहरहरू ध्वस्त बनेका छन्। तर पनि युक्रेनले हार मानेको छैन। रुसले आक्रमण गर्न छोडेको छैन। 

रुसले चार करोड ४० लाख जनसंख्या भएको युक्रेनमाथि जल, थल र आकाश तीनैतिरबाट विध्वंशक आक्रमण गरिरहेको छ।

फेब्रुअरी २४ मा रुसले युक्रेनको दोनेत्स्क र लुहाँस्कमा आक्रमण सुरु गरेको थियो । त्यसपछि राजधानी किभ र खर्खिभलगायतका सहरमा अहिले पनि आक्रमण गरिरहेको छ।

गत जुनमा युद्धमा दैनिक एक सयदेखि दुई सय युक्रेनी सैनिक मारिने गरेको बताइएको थियो। लाखौं युक्रेनी जनता देश छोडेर भाग्न विवश भएका छन्। युद्ध शुरु भएयता करिब एक लाख युक्रेनी र त्यतिकै संख्यामा रुसी सैनिक मारिएको अथवा घाइते भएको बताइएको छ। तर, यसको स्वतन्त्र पुष्टि भने भएको छैन।  

युद्धको तीन सय दिनसम्म भएका घटनालाई समाचार संस्था रोयर्टसले तस्वीरमार्फत सार्वजनिक गरेको छ।

 

0

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.