|

काठमाडौं : साताको दुई दिन लगातार रूपमा बढेको नेप्से बुधबार सामान्य अंकले गिरावट आएको छ।

बुधबार नेप्से परिसूचक ५.८९ अंक घटेर १८६७.२२ बिन्दुमा झरेको छ। त्यस्तै, सेन्सेटिभ इण्डेक्स १.३१ अंकले घटेको छ भने फ्लोट इण्डेक्स ०.११ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.४० अंकले घटेको छ।

बुधबार कारोबारमा आएका २५२ कम्पनीको २४ लाख ४० हजार कित्ता शेयर ८६ करोड ३८ लाख १६ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको छ। बुधवार नेप्सेसँगै कारोबार रकम पनि घटेको छ। मंगलबारको कारोबारमा ९३ करोडभन्दा बढीको शेयर कारोबार भएको थियो। 

नेप्सेका १३ उपसमूहमध्ये बैंकिङ उपसमूहबाहेक अरू सबै उपसमूहको परिसूचक घटेको छ। जसमा बैंकिङ उपसमूहको परिसूचक ०.२७ प्रतिशत बढेको छ। त्यस्तै, वित्त र अन्य उपसमूहको परिसूचक यस दिन १ प्रतिशतभन्दा बढी घटेको छ।

बुधबार नेप्से परिसूचकमा गिरावट आए पनि दुई कम्पनीको शेयर मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। जसमा आँधीखोला लघुवित्त वित्तीय संस्था र श्रृजनशील लघुवित्त वित्तीय संस्थाको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो।

त्यसैगरी, इष्टर्न हाइड्रोपावर र घलेम्दी हाइड्रोको शेयरमूल्य ९ प्रतिशतभन्दा बढी बढेको छ। बुधबार एनआइसी एशिया बैंकले ११ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.