|

काठमाडौं : जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउतले मधेश प्रदेशको नेतृत्वमा आफ्नो दलको दाबी रहने स्पष्ट पारेका छन्। बिहीबार प्रतिनिधिसभा सदस्यको शपथग्रहणपछि संघीय संसद भवनबाहिर सञ्चारकर्मीहरूसँगको कुराकानीमा उनले यस्तो दाबी गरेका हुन्।

उनले मधेश प्रदेशमा आफ्नो पार्टी तेस्रो रहेकाले स्वाभाविक रुपमा मुख्यमन्त्रीको दाबी रहने बताए। उनले जनताको अपेक्षा पनि जनमत पार्टीलाई नेतृत्व दिनुपर्ने भन्ने रहेको बताए।

अध्यक्ष राउतले जनतामुखी सेवाहरु प्रदान गर्नु पार्टीको मुख्य जिम्मेवारी रहेको भन्दै शिक्षा, स्वास्थ्य, रोजगारी, किसानका मुद्दाहरु प्राथमिकतामा राख्ने बताए।

उनले मधेश प्रदेशमा शिक्षालाई ९५ प्रतिशतभन्दा माथि लैजाने अभियान सञ्चालन गर्ने र स्वास्थ्य संस्थामा सर्वसुलभ सेवा दिने कुरामा लाग्ने बताए।

कुनै पनि व्यक्ति स्वास्थ्यसेवाबाट वञ्चित हुन नपरोस् भन्नेकुरामा पार्टी प्रतिवद्ध रहेको र बढीभन्दा बढी रोजगारी सिर्जना गर्नेकुरामा आफू लाग्ने बताए।

उनले भने, ‘हामीसँग संख्यात्मक रुपमा राम्रो संख्या छ। हामी निर्णयक भूमिकामा रहेका छौँ। मधेस प्रदेशमा नेतृत्वको दाबी छ। हामी तेस्रो ठूलो दल बनेका छौँ मधेस प्रदेशमा। जनताले राम्रो सिट दिनुभएको छ। जनताको अपेक्षा पनि छ। हाम्रो मेन एजेण्डा सर्भिस डेलिभरी हो। शिक्षा, स्वास्थ्य, रोजगारी, किसानका मुद्दाहरु प्राथमिकतामा रहनेछन्। शिक्षालाई ९५ प्रतिशत भन्दा माथि लैजाने अभियान छ। स्वास्थ्य संस्थामा सर्वसुलभ सेवा दिनेकुरामा हामी लाग्छौँ। कुनैपनि व्यक्ति स्वास्थ्यसेवाबाट वञ्चित हुन नपारोस्, रोजगारी धेरै दिन सकौँ त्यसमा हमी हुनेछौँ।’

अध्यक्ष राउतले आफ्नो दलको सीमित संख्याको भरमा सडक, संसद र सरकारमा गएर जनताका माग र मुद्दाहरु सम्बोधन गर्ने बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.