|

काठमाडौं : सत्ता गठबन्धनले नयाँ सरकार गठन प्रक्रिया अगाडि बढाएको छ। सत्तारूढ दल नेपाली कांग्रेस, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले आफ्ना सांसदहरूको हस्ताक्षर संकलन गरिरहेका छन्। 

कांग्रेसले आज आफ्ना सांसदहरूलाई बालुवाटार बोलाएर हस्ताक्षर संकलन गर्दै छ भने नेकपा माओवादी केन्द्रले हिजोदेखि नै सांसदहरूको हस्ताक्षर संकलन गरिरहेको छ।

यता, गठबन्धनको तेस्रो ठूलो दल नेकपा एकीकृत समाजवादीले आफ्ना सांसदहरूको हस्ताक्षर संकलन गरिसकेको छ। नेकपा एसका प्रवक्ता जगन्नाथ खतिवडाले सांसदहरूको हस्ताक्षर भइसकेको जानकारी दिए। 

माओवादी सांसद माधव सापकोटाले सांसदहरूलाई बोलाएर माइन्युटमा हस्ताक्षर गराउने क्रम जारी रहेको बताए। सत्ता गठबन्धन दल कांग्रेसका ८९, माओवादी केन्द्रका ३२ र एकीकृत समाजवादीका १० जना सांसद रहेका छन्। 

राष्ट्रपतिले संविधानको धारा ७६ को उपधार (२) अनुसार सरकार निर्माण गर्न दिएको समय आइतबार अपरान्ह ५ बजे सकिँदैछ। दलहरूले भोली नै नयाँ सरकार गठनका लागि बहुमतसहित राष्ट्रपति समक्ष जाने तयारी गरेका छन्। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.