|

सल्यान : सल्यानमा भेरी नदी किनारमा शव फेला परेको छ।

जिल्लाको बनगाड कुपिण्डे नगरपालिका २ कालिभिर नजिकै भेरी नदी किनारमा शव फेला परेको हो।  शव जाजरकोट भेरी नगरपालिका-३ का २६ वर्षीय विक्रान्त केसी रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।

गत कात्तिक ८ गते देखि केसी हराइरहेका थिए। भेरी नदीमा तैरिरहेको अवस्थामा स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए।  खोजतलास गर्ने क्रममा आज उनको सनाखत भएको जिल्ला प्रहरी कार्यालय सल्यानका निमित्त प्रहरी प्रमुख गोपालप्रसाद श्रेष्ठले जानकारी दिए। शवको सनाखत र मुचुल्का उठाउने काम भइरहेको र मुचुल्का पछि शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल पठाइने प्रहरीले जनाएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.