|

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले बालकोट पुगेर एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरेका छन्। झापाबाट काठमाडौं आएका अध्यक्ष लिङ्देन सोझै बालकोट पुगेका हुन्। उनले ओलीसँग भेट गरेर फर्किएको ओलीका प्रेस संयोजक रामशरण बजगाईंले जानकारी दिए। 

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पनि बालकोट पुगेका छन्। सरकारको नेतृत्व कसले गर्ने भन्ने विषयमा सहमति हुन नसक्दा प्रचण्ड बालकोट पुगेका हुन्। 

प्रतिनिधिसभामा नेकपा एमालेका ७८, माओवादी केन्द्र ३२ र राप्रपाका १४ जना सांसद रहेका छन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.