|

काठमाडौं : जनमत पार्टीले उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालय पाउने भएको छ।

सोमबार भएको सत्ता गठबन्धनको बैठकमा आफूहरूले पाउने मन्त्रालय टुंगो लागेको अध्यक्ष डा.सिके राउतले जानकारी दिए। उनले आफू भने मन्त्री नबने बताए।

‘हामीले हाम्रो पार्टीका उपाध्यक्ष अब्दुल रज्जाक खानलाई मन्त्री बनाउँदैछौँ’, राउतले भने, ‘उहाँले आजै शपथ ग्रहण गर्नुहुनेछ।’ 

उनले आफू भने पार्टीको अध्यक्षकै रुपमा रहने बताए। 

‘म त खासमा सांसद बन्न लायक मान्छे पनि होइन, मन्त्री त परको कुरा’, उनले पत्रकारहरूसँग भने, ‘हामीले उपाध्यक्षज्यूलाई सरकारमा पठाउँछौं। म पार्टी संचालन गर्छु।’ 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.