|

विराटनगर :  प्रदेश नं १ का प्रदेश प्रमुख  परशुराम खापुङले प्रदेशसभाको प्रथम अधिवेशन आव्हान गरेका छन्।

प्रदेश सरकार, मन्त्रिपरिषद्को पुस ११ गतेको सिफारिसमा माननीय प्रदेश प्रमुखज्यूले नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम प्रदेशसभाको आव्हान गरेका हुन्।

प्रमुखले प्रदेश सभाको प्रथम अधिवेशन पुस १७ गते आइतबार दिनको १ बजेको लागि आव्हान गरेको  प्रदेश प्रमुखको कार्यालयले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.