|

विराटनगर : विराटनगरका उद्योगी व्यवसायीले आन्दोलन स्थगित गरेका छन्। ​नवनियुक्त अर्थमन्त्री विष्णु पौडेलले वार्ताका लागि बोलाएपछि मोरङका उद्योगी  व्यवसायीले आन्दोलन स्थगित गरेका हुन्।

अर्थमन्त्री  पौडेलले सोमबार नै उद्योगी व्यावसायीलाई वार्तामा बोलाएपछि आन्दोलन स्थगित भएको मोरङ व्यापार संघका अध्यक्ष नविन रिजालले जानकारी दिए। सरकारले माग सम्बोधन गर्ने आश देखाएको उनले बताए। माग सम्बोधन नभए पुनः सडक संघर्षमा फर्किने उनको भनाइ छ। 

अर्थमन्त्रीसँगको वार्ताका लागि आजै टोली काठमाडौँ जाने जानकारी उनले दिए।  उनका अनुसार वार्ता टोलीमा सहभागी हुन विराटनगरबाट  ६ जनाको टोली जानेछ। वार्ता टोलीमा भैरहवा, बुटवल,  नेपालगन्ज र काठमाडौँ उद्योग वार्णिज्य संघका प्रतिनिधि पनि सहभागी हुने रिजालले बताए।

बैंकको चर्को ब्याजदरविरुद्ध मोरङका उद्योगी र व्यवसायीले पुस ७ गतेयता नेपाल राष्ट्र बैंक प्रादेशिक कार्यालय विराटनगरको गेट अगाडि धर्ना दिइरहेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.