|

जनकपुरधाम : धनुषामा काकीको विभत्स हत्या गरेको आरोपमा २० वर्षीय युवक पक्राउ परेका छन्।

पक्राउ पर्नेमा विदेह नपा- ७ वेलापट्टी बस्ने २० वर्षीय दिलीपकुमार साह रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

सोमबार साँझ श्रीराम साहकी ३० वर्षीया कवितादेवी साहको आफ्नै सुत्ने कोठामा करेन्ट लागी मृत्यु भएको र उनको १४ महिनाको छोरा घाइते भएको प्रहरीमा खबर गएको थियो।

मृतकका श्रीमान् श्रीरामले शुरुमा करेन्ट लागेर कविताको मृत्यु भएको भने पनि प्रहरीले घटना शंकास्पद देखेपछि प्रारम्भिक अनुसन्धानको क्रममा हत्या भएको खुलासा भएको छ।

प्रहरीले अनुसन्धान गर्दै जाँदा महिलाको आफ्नै भतिजोले हत्या गरेको खुलेको जिल्ला प्रहरी कार्यालय धनुषाले जानकारी दियो।

प्रहरीको अनुसन्धान टोली घटनास्थल जाँदा मृतकको अनुहारकै भागमा गम्भीर चोट लागी रक्ताम्य तथा अर्धनग्न अवस्थामा शव फेला परेको थियो। कुकुरसहितको टोलीले अनुसन्धान गर्दै जाँदा दिलीपलाई शंकास्पद अवस्थामा फेला पारेको र उनको हातको बूढीऔँला तथा घाँटीको भागमा स–साना चिथोरिएको जस्तो दाग देखिएको थियो।

प्रवक्ता प्रदीपबहादुर क्षेत्रीका अनुसार दिलीपको शरीर खान तलासी गर्दा उनले लगाएको अन्डर वेयरभित्र मृतकले प्रयोग गर्ने मोबाइल लुकाई राखेको अवस्थामा फेला परेको तथा अन्डर वेयरको पछाडि भागमा रगत जस्तो पदार्थ लागेको अवस्थामा फेला परेको हो।

त्यसैगरी घटना हुँदा लगाएको जिन्स पाइन्ट र भेष्टमा रगत जस्तो पदार्थ लागेको कपडा घरमा ब्यागभित्र लुकाई छिपाई राखेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।

पक्राउ परेका साहलाई जिल्ला अदालत धनुषाबाट कर्तव्य ज्यान मुद्दा शीर्षकमा म्याद लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जानकारी दियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.