|

काठमाडाैं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग् भेट गर्न उनको निवास खुमलटारमा पुगेका छन्। 

अध्यक्ष ओलीका प्रेस संयोजक रामशरण बजगाईंले प्रधानमन्त्रीसँग भेट गर्न खुमलटार पुगेको जानकारी दिए। ओलीले नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालसँग पनि भेटवार्ता गर्ने जनाइएको छ। एकीकृत समाजवादीलाई पनि सरकारमा सहभागी गराउनेबारे पहल भइरहेको छ। 

त्यसै अनुरुप प्रधानमन्त्री प्रचण्डले बुधबार बिहान जसपा अध्यक्ष उपेन्द्र यादव र अध्यक्ष नेपालसँग वार्ता गरेका थिए। प्रचण्डसँगको भेटपछि नेपाल ओलीसँग भेट्न तयार भएको जनाइएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.