|

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता शुरु भएको छ।

उनीहरूबीच प्रधानमन्त्री प्रचण्ड निवास खुमलटारमा वार्ता शुरु भएको हो। अध्यक्ष ओली प्रधानमन्त्रीसँग भेट गर्न खुमलटार पुगेका थिए। प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष अ‍ोलीबीच सरकारको भागबन्डालगायतका विषयमा कुराकानी हुने बताइएको छ।

ओलीले नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालसँग पनि भेटवार्ता गर्ने जनाइएको छ। एकीकृत समाजवादीलाई पनि सरकारमा सहभागी गराउनेबारे पहल भइरहेको छ।​

त्यसैअनुरूप प्रधानमन्त्री प्रचण्डले बुधबार बिहान जसपा अध्यक्ष उपेन्द्र यादव र अध्यक्ष नेपालसँग वार्ता गरेका थिए। प्रचण्डसँगको भेटपछि नेपाल ओलीसँग भेट्न तयार भएको जनाइएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.