|

सुर्खेत : नेकपा (एमाले) कर्णाली प्रदेशसभा संसदीय दलको नेतामा यामलाल कँडेल चयन भएका छन्।

प्रदेशसभा संसदीय दलको बुधबार बसेको पहिलो बैठकले कँडेललाई सर्वसम्मत रूपमा दलको नेता चयन गरेको हो।

नेकपा एमालेको स्थायी कमिटी सदस्य एवं कर्णाली प्रदेश इन्चार्ज समेत रहेका कँडेल सुर्खेत २ क बाट प्रदेशसभामा निर्वाचित भएका हुन्। कँडेल मुख्यमन्त्रीका दाबेदार हुन्।

कर्णाली प्रदेशमा एमालेका प्रत्यक्षतर्फ ५ र समानुपातिकका ५ गरी १० सांसद छन्। 

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.