|

काठमाडौं :  नेपाली कांग्रेस मधेश प्रदेश संसदीय दलको नेताका लागि दुई जनाको उम्मेद्वारी दर्ता भएको छ। 

दलको नेताको लागि प्रदेश सांसद संस्थापन पक्षका कृष्णप्रसाद यादव र निवर्तमान संसदीय दलका नेता रामसरोज यादवले उम्मेदवारी दर्ता गराएको कांग्रेस मधेश प्रदेश प्रचारप्रसार प्रमुख नितेश कुमार गुप्ताले जानकारी दिए। 

मतदान आज दिउँसो ३ देखि ४ बजेसम्म पार्टी कार्यालय धनुषामा हुनेछ। दलको नेता चयनका लागि कांग्रेसका २२ जना प्रदेशसभा सदस्यले मतदान गर्दै छन्।  मत परिणाम आज नै सार्वजनिक हुने छ।
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.