काठमाडौंको तापक्रम ४ डिग्री सेल्सियस

|

काठमाडौं :  प्रदेश १, बागमती र गण्डकीका पहाडी भू–भागमा शनिबार हल्का वर्षाको अनुमान गरिएको छ।

दिउँसो केही समय काठमाडौं आसपासका जिल्लामा पनि हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागका मौसमविद् सञ्जीव अधिकारीले जानकारी दिए। उनका अनुसार देशभरको मौसम आंशिक बदली रहने छ।

साथै हिमाली क्षेत्रमा हिमपातको सम्भावना छ। राति प्रदेश १, बागमती र गण्डकी प्रदेशका हिमाली भू–भागका केही स्थानमा हिमपात हुनसक्ने विभागको भनाइ छ। अहिले काठमाडौं उपत्यका तथा तराई/मधेशमा हुस्सु र कुहिरो लागेको छ। 

शनिबार बिहान काठमाडौंको न्यूतनम तापक्रम ४ डिग्री सेल्सियस मापन भएको विभागले जनाएको छ।


 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.