|

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यस पटकको कार्यकालमा आफूले लामा र पट्यारलाग्दा भाषणभन्दा काम नै गरेर देखाउने बताएका छन्। चितवनको नारायणी नमुना माध्यमिक विद्यालयको हीरक महोत्सव कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री प्रचण्डले यसपटकको कार्यकालमा कुरा कम र काम बढी गर्ने प्रतिबद्धता व्‍यक्त गरेका हुन्।

करिब ५ मिनेट मात्र बोलेका प्रधानमन्त्री दाहालले आफ्नो बाँकी जीवन सुशासन र विकासको निम्ति समर्पित गरेको समेत सुनाए। उनले भने, 'यो कार्यकालमा भाषण गर्नेभन्दा जनताको काम गरेर देखाउनेतिर नै बढी जोड हुनेछ' उनले अगाडि थपे, ' हरेक दिन देशको पक्षमा,जनताको पक्षमा,सुशासन र विकासको पक्षमा काम गर्दै जाने र नेपाल र नेपाली जनताको आवश्यकतालाई सम्बोधन गर्दै जाने प्रतिबद्धता लिएको छु।'

प्रधानमन्त्रीमा प्रचण्डको यो तेस्रो कार्यकाल हो। यसअघि उनले दुई पटक देशको नेतृत्व सम्हालिसकेका छन्। प्रधानमन्त्री दाहाल आजै काठमाडौं फर्किने कार्यक्रम छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.