बैठक फेरि भोलि बस्ने

|

धनगढी : सुदूरपश्चिम प्रदेशमा नेकपा माओवादी केन्द्र संसदीय दलको नेता चयन गर्न बसेको बैठक अनिर्णीत भएको छ। दलको नेता चयनका लागि शनिबार दिउँसो साढे ३ बजे संसदीय दलको कार्यालयमा बैठक बसे पनि साँझ ६ बजे बिनानिष्कर्ष सकिएको हो।​

संसदीय दलको नेतामा दुईजना आकांक्षी देखिएका स्थायी कमिटी सदस्य तथा सुदूरपश्चिम इन्चार्ज खगराज भट्ट र केन्द्रीय सदस्य ओमविक्रम भाट ‘सरल’बीच सहमति नजुटेपछि कुनै निर्णय हुन नसकेको एक सांसदले बताए।

प्रदेश इन्चार्ज भट्टले दलको नेता चयनका लागि आइतवार बिहान ९ बजे फेरि बैठक बस्ने गरी स्थगित भएको जानकारी दिए। भट्टले सहमतिकै आधारमा दलको नेता चयन गरिने दाबी गरेका छन्। करीब ३ घण्टासम्म चलेको बैठकमा दलको नेतामा आकांक्षी भट्ट र भाटले दाबी नछाडेपछि बैठकले निर्णय लिन नसकेको हो।​

सांसदहरूले आपसमा सहमति गर्न दुवैजनालाई वार्ता गर्न पनि समय दिएका थिए तर अन्तिम समयसम्म पनि उनीहरूबीच सहमति नजुटेको हो। शनिवार बसेको माओवादीको प्रदेश पदाधिकारीको बैठकले पार्टीको वरीयताक्रमअनुसार खगराज भट्टलाई दलको नेता चयन गर्न उपयुक्त हुने निर्णयसहितको सुझाव दिएको थियो।

संसदीय दलमा उनलाई चुनौती दिइरहेका भाटले भने आफ्नो पनि उचित व्यवस्थापन हुनुपर्ने अडान लिएका कारण कुरा नमिलेको एक सांसदले जनाए। माओवादी केन्द्र सुदूरपश्चिम प्रदेशसभामा ११ सांसदसहित दोस्रो दल बनेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.