|

काठमाडौं : अभिनेत्री स्वस्तिमा खड्काले सन् २०२२ आफ्ना लागि अवलोकन र अन्वेषणको वर्ष भएको बताएकी छन्। उनले सामाजिक सञ्जाल इन्स्टाग्राममा आफूले गरेका काम तथा फोटोसुटका फोटो राख्दै यो वर्ष पनि त्योभन्दा फरक नहुने जनाएकी हुन्। 

सन् २०२२ को शुरुमा उनको लकडाउनअघि नै प्रदर्शनमा आउने भनिएको फिल्म ‘चपली हाइट ३’ प्रदर्शनमा आएको थियो भने उनी अभिनीत अर्को फिल्म ‘चिसो मान्छे’ पनि यही वर्ष प्रदर्शनमा आएको थियो। दुवै फिल्मले व्यावसायिक रुपमा मुनाफा कमाउन नसके पनि स्वस्तिमाको कामको भने प्रसंसा भएको थियो। 

फिल्मबाहेक उनले यो वर्ष ‘काफल कमला’, ‘बैमानी’ लगायतका म्युजिक भिडियोमा पनि अभिनय गरेकी थिइन्। उनको ‘यो मुलाइ मस्किन्छे’ बोलको म्युजिक भिडियो १० दिनअघि मात्रै सार्वजनिक भएको थियो। साथै स्वस्तिमाले यो वर्ष दक्षिण भारतीय फिल्म ‘थिरिमाली’को आइटम गीतमा पनि नृत्य गरेकी थिइन्। 

सन् २०१५ मा ‘होस्टेल रिटर्न्स’बाट नेपाली फिल्ममा डेब्यु गरेकी स्वस्तिमाका ‘छक्का पञ्जा २’ र ‘नाइँ नभन्नु ल ५’ व्यावसायिक रुपमा सफल फिल्म हुन्। ३ वर्षअघि प्रदर्शनमा आएको ‘बुलबुल’बाट उनले अभिनेत्रीको रुपमा बेग्लै पहिचान बनाएकी थिइन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.